काठमाडौँ : गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ३९ जना घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर मोरङ, झापा, उदयपुर, सिराहा, महोत्तरी, सप्तरी, तनहुँ, बाँके, दाङ, कपिलवस्तु र सुर्खेतमा गरेर १४ जनाको मृत्यु भएको हो।
दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा २० जना घाइते भएका छन्।
त्यसैगरी बागमती प्रदेशका बाँकी जिल्लामा ५ जना, गण्डकीमा ४, कर्णालीमा ४, सुदूरपश्चिममा ११, लुम्बिनीमा ३१, मधेसमा २५ र कोसी प्रदेशमा ३९ जना घाइते भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।





प्रतिक्रिया