काठमाडौँ : सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा दुवै सवारी साधन पूर्ण रूपमा जलेको छ ।
कमलामाई नगरपालिका-८ करकरेमा काठमाडौंबाट भिमानतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुलीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १२७८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक कमलामाई नगरपालिका-१३ रानीबासकी ३४ वर्षीया सृजना अधिकारी र पछाडि सवार उनको श्रीमान् ४४ वर्षीय हेमराज बख्रेल घाइते भएको सिन्धुलीका डीएसपी विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार ट्रक र स्कुटर ठोक्किएपछि एक्कासि आगलागी भएको छ ।





प्रतिक्रिया