काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला कार्यसमितिको १५औँ अधिवेशन शनिबार राष्ट्रिय सभागृहमा सुरु भएको छ । समानान्तर गतिविधि गर्दै आएको देउवा पक्षले आयोजना गरेको अधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति देउवा पनि सहभागी छन् ।
उनीसहित सहित नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायत कार्यक्रममा सहभागी छन् । अधिवेशनमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।





प्रतिक्रिया