धनगढी : सशस्त्र प्रहरी बल, नेपालको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–४ गर्भादरबार घर भई हाल धनगढी उपमहानगरपालिका–१ त्रिवेणीचोक बस्ने २१ वर्षीय दिनेश धामी रहेका छन्। उनले गत मंसिर १ गते सशस्त्र प्रहरीको पोसाक लगाएर भिडियो बनाई टिकटकमा राखेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धामीलाई मंसिर ३ गते नियन्त्रणमा लिएको हो।





प्रतिक्रिया