स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशनमा उत्रिएका डा. गोविन्द कोसीले अनशन तोडेका छन् । निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै डा. केसीले तीन दिने सत्याग्रह सुरु गर्नुभएको हो ।
धनगढीस्थित गेटा मेडिकल कलेजमा अनशनमा बसेका डा. केसीले आज अपरान्ह त्यहाँ उपचाररत बिरामीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
गत आइतबारदेखि अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो ।
निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै डा. केसीले तीन दिने सत्याग्रह सुरु गर्नुभएको थियो । डा. केसीले सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धरापमा पारेको आरोप लगाउदै आउनुभएको छ ।
डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग राख्नुभएको छ । विगतमा भएका सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा. केसीले माग गर्नुभएको छ ।



प्रतिक्रिया