पश्चिमा एसिया तनावः पानी प्रसोधन कारखानामा आक्रमणको धम्की, पछि हटे ट्रम्प



काठमाडौं– अमेरिका, इजरायल र इरानबीचको द्धन्द्ध अहिले निकै खतरनाक स्थितिमा पुगेको छ । यो युद्ध अब केवल मिसाइल र सैनिक लक्ष्यमा मात्र सीमित छैन, अब यो तेल र पानी जस्ता जीवनका आधारमा समेत फैलिदैंछ ।

इरानको खार्ग टापु देशको तेल निर्यातको मुख्य केन्द्र हो । ट्रम्पले यस टापुमा हमला गर्ने वा नियन्त्रण गर्ने दावी गरेका छन् । तर अहिलेसम्म त्यस्तो ठूलो हमला भएको छैन । इरानले चेतावनी दिएको छ कि यसको तेल पूर्वाधारमा हमला भएमा, मात्र तेलको नभई गल्फका देशहरूमा रहेका डेसलिनेसन प्लान्टहरू—जसबाट साउदी, युएई र कतारले पिउने पानी पाउँछन्—मा समेत हमला गर्न सक्छ । पानी जीवन हो, तेल मात्र शक्ति । पानीमा अवरोध आउँदा लाखौं मानिस पानीबिनै बाँच्न बाध्य हुन सक्छन् ।
गल्फका देशहरूले यस खतरा देखेर सावधानी अपनाइरहेका छन् । अमेरिकी प्रशासनले पनि यो जोखिम गम्भीरतापूर्वक लिएको देखिन्छ । यदि द्वन्द्व बढ्छ भने यसले केवल इरान मात्र नभई सम्पूर्ण गल्फ क्षेत्रलाई असर पुर्याउन सक्छ । इजरायलको सुरक्षा चिन्ता र क्षेत्रीय अस्थिरताले स्थिति अझ जटिल बनाएको छ । होर्मुज नहरजस्ता रणनीतिक जलमार्गमा कुनै अवरोध भए विश्वव्यापी तेल आपूर्ति प्रभावित हुनेछ । अहिलेपनि यो जलडमरु प्रभावित भइरहेको छ, जसका कारण तेल आपूर्तीमा समस्या देखिएको छ ।

अहिले द्वन्द्व “एक–अर्कालाई धम्की दिने” अवस्थामा छ । यदि एकले हमला गर्छ भने अर्कोले जवाफ दिन्छ । यसले मानव जीवनलाई पनि जोखिममा पार्न सक्छ । यसकारण, अहिले सबैभन्दा जरूरी द्वन्द्व भन्दा पर गएर कूटनीतिमा जोड दिनु हो । विश्वास बढाउने उपाय, संवाद र क्षेत्रीय सहयोग जरुरी छ ।

यो द्वन्द्व अब केवल शक्ति र प्रभावको कुरा होइन । यो जीवनको आधार—तेल र पानी—को सुरक्षा र संरक्षणको कुरा हो । गलत कदमले यो केवल युद्ध नभई मानवतावादी संकटमा पनि परिणत हुन सक्छ । कूटनीति मात्र यस चक्रलाई रोक्न सक्छ र क्षेत्रीय स्थिरता कायम राख्न सक्छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ५ : १८ बजे