प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार उनीहरूबीच भेटवार्ता भएको हो । सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग करिब ३५ मिनेट भेटवार्ता गरेका थिए ।
सभामुखको सचिवालयका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको थियो । भेट प्रतिनिधिसभाको बैठक बस्नुअघि भएको हो ।
प्रतिनिधिसभाको बैठक अहिले बसिरहेकाे छ।





प्रतिक्रिया