पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल फर्किएका छन् । उपचारका लागि लामो समय सिंगापुर र हङकङमा रहेका देउवा हङकङबाट थाइल्याण्ड हुँदै बिहीबार काठमाडौं आइपुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले स्वागत गरेका थिए ।
देउवाको स्वागतमा विमानस्थलमा बाजागाजासहितको तयारी गरिएको थियो । स्वागतका लागि कांग्रेसका विभिन्न नेताहरू विमानस्थलमै उपस्थित भएका थिए ।




प्रतिक्रिया