कालीगण्डकीको बाढीले मिर्मी–गुल्मी जोड्ने पक्की पुल बगायो



स्याङ्जा । कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।

भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको सबै ढोका खोलिएको छ ।

आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ ।

स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ९ : ०५ बजे