काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र रोमानियाकी परराष्ट्रमन्त्री ओआना–सिल्भिया तोइउबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१ औं महासभाका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको साइडलाइन भेटवार्तामा नेपाल–रोमानिया सम्बन्ध तथा पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको हो ।
भेटवार्तामा दुवै परराष्ट्रमन्त्रीहरूले नेपाल र रोमानियाबीच बढ्दो द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ गर्ने विषयमा विचारविमर्श गरे । आपसी लाभका विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउने सम्भावनाबारे पनि छलफल भएको थियो ।
सो अवसरमा जलवायु कार्यलगायतका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए । साथै, पारस्परिक हित र साझा चासोका विषयमा आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो ।





प्रतिक्रिया