काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी राष्ट्रियताप्रति दृढ रहेको रहेको बताएका छन् । पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
साथै, राष्ट्रियतामाथि आघात पुर्याउने काम कसैले गरेको खण्डमा आफूहरू टुलुटुलु हेरेर नबस्ने उनले बताए । ‘हाम्रो पार्टी राष्ट्रियताप्रति प्रतिबद्ध भएको पार्टी भएको हुनाले हाम्रो राष्ट्रिय हितमाथि कुनै किसिमले आघात पुर्याउने काम हुन्छ भने, त्यसको स्वाभिमानमा आँच पुर्याउने कुनै काम हुन्छ भने त्यसलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ,’ सह–संयोजक नेपालले भने ।





प्रतिक्रिया