केसेलिया खोलामा बोराभित्र पुरुषको शव भेटियो



सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

स्थानीयले आइतबार बिहान खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली पुगेको छ।

प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको र पहिचान खुलेपछि थप विवरण सार्वजनिक गरिने एसपी मल्लले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, आइतबार  १ : ३७ बजे