अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते



सल्यान । बागचौर नगरपालिका –१० स्थित सडकमा अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

गएराति ०१:३० बजेको समयमा रा १ ह ६१२६ नम्बरको अटो दुर्घटना हुँदा छत्रेश्वरी गाउँपालिका – ५, सिर्बाली बस्ने ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी घाइते अटो चालक जिल्ला सल्यान बागचौर नगरपालिका –१० माथिल्लो मोखोला बस्ने निर्मल कवर मगरलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ पठाइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, बिहिबार  ११ : ५२ बजे