जलवायु जोखिम न्यूनीकरणका लागि नेपाल–भारत–चीनबीच सहकार्यमा जोड



नयाँ दिल्ली, भारत । जलवायु परिर्वतनका साझा चुनौती सामना गर्न तथा विपद जोखिम न्युनिकरणमा क्षेत्रिय सहकार्य सुदृढ बनाउने उदेश्यले भारतको नयाँ दिल्लीमा ‘जलवायु जोखिम तथा विपद न्युनिकरणमा साझा जिम्मेवारी विषयमा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

भारतस्थित नेपाली राजदुतावास तथा इनिसियटिभ्स अफ मिडिया विमेनको आयोजना सम्पन्न कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक राजदुत डा.सुरेन्द्र थापाले विपद जोखिम न्युनिकरणका लागि छिमेकी देशहरुबीच वातावरणीय दिगोपनासम्बन्धी छलफल आवश्यक भएको बताउनुभयो । हिमनदीजन्य जोखिमबाट बच्न पुर्व तयारीका साथै नेपाल भारत र चीन बीचको क्षेत्रीय सहकार्य आवश्य भएको उहाँको भनाइ थियो ।

डा. थापाले भन्नुभयो, नेपाल र भारतका साझा नदि परिस्थितीक प्रणालीमा निर्भर रहेकाले त्यसको संरक्षण र दिगो व्यवस्थापनका लागि नेपाल र भारतबीच सहकार्य आवश्यक छ ।’ हामीले जलवायु परिवर्तनका असरहरु सामना गर्न सक्ने पुर्वाधार निमार्ण गर्नुका साथै नेपाल र भारतको घनिष्ट सहकार्यबाट दुवै देशलाई सहयोग पुग्नेगरि कार्यअघि बढाउनुपर्ने उहाँको तर्क थियो ।

जलवायु परिर्वतनका कारण बाढी, पहिरो, हिमनदी पग्लिने क्रम तथा अन्य प्राकृतिक जोखिम बढदै जाँदा नेपाल र भारत दुवैदेश प्रभावित भइरहेको भन्दै उहाँले यस्ता जोखिमको सामना गर्न प्रभावकारी पुर्वसुचना प्रणाली, विपद तयारी र आपसी समन्वय महत्वपुर्ण भएको बताउनुभयो ।

कार्यक्रममा भारतको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका पुर्वमहानिर्देशक डा.राजेन्द्र सिंहले विपतले कुनै सिमा नचिन्ने बताउदै त्यसमा नेपाल र भारत मिलेर काम गर्नुपर्ने बताउनुभयो । भोटेकोशीमा वेपत्ता भएका परिवारप्रति हार्दिक श्रद्धान्जली व्यक्त गदै उहाँले हाम्रा समुदाय र बस्तीहरुको संरक्षण गर्ने बाटो विपद उत्थानशील विकास भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विकास आवश्यक छ तर बारम्बार बिपद निम्त्याउने विकासलाई दिगो विकास मान्न सकिदैन ।’ नेपाल र भारतमा कोशी गण्डकी जस्ता नदिहरुको विपदले यसको खतरा देखाइसकेको बताउँदै उहाँले भन्नुभयो ‘प्रकृतिले पहिलानै चेतावनीका संकेतहरु दिइसकेको छ, तसर्थ पुवचेतावनीहरु साझा गर्र्दै बाढी तथा अन्य विपदका लागि तयारीमा जुटिहाल्नुपर्दछ ।’

कार्यक्रममा भारतका केन्द्रिय अनुसन्धान व्युरोका पुर्व निर्देशक डिआर कार्तिकेनले विपदको अनुभव आफुले पनि भोगेको बताउदै त्यसका लागि नेपाल र भारत दुबै जिम्मेबार हुनुपर्ने बताउनुभयो । अहिले आएको यो विपदको चेतावनी नेपाल र भारतका लागि सचेत गराउने सन्देश भएको बताउदे उहाँले हाम्रा समुदाय र भविष्यको संरक्षण गर्न हामीले अहिले नै कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पद्धमश्री पुरस्कारबाट सम्मानीत डा.पोपटराव पवारले आफनो गाउँको उदाहरण दिदै २६ अगण्टमा नेपालमा भएको विपदको समस्याबाट भारत सहित सबै एशियन देशहरु ले ज्ञान लिनुपर्ने बताउदैे सगरमाथा र चीनको कैलाश मानसरोबरमै यदि गडबढि भयो भने एशियन देशमा सबैतिर समस्या हुन्छ तसर्थ यसको दिगो समस्या समाधानका लागि एशिययन देशहरु सबै मिलेर काम गर्नु आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सबैभन्दा बढि ध्यान हिमालयन क्षेत्रको संरक्षण आवश्यक छ त्यसको दिगो व्यवस्थापनमा सवै लागौ ।’कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया विमेनका अध्यक्ष लक्ष्मी भण्डारीले स्वागत मन्तव्यसहित कार्यक्रमको उदेश्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा जलवायु परिर्वतन, विपद जोखिम न्युनीकरण तथा नेपाल–भारतबीचको क्षेत्रीय सहकार्यबारे छलफल गरिएको थियो । छलफलमा वातावरण संरक्षण अभियन्ता तथा पदमश्री पुरस्कारबाट सम्मानित व्यक्तित्व उमाकान्त पाण्डे, कर्पोरेट तथा नियामक कानुन विशेषज्ञ आनन्द बर्मा, ग्लोबल ट्रेड एण्ड टेक्नोलोजी काउन्सिल अफ इन्डियाका प्रतिनिधि गौरब गुप्ता, आन्तरिक एशियाली अध्ययन केन्द्र अन्तराष्टिय अध्ययन संकाय जवाहरलाल नेहरु विश्वविद्यालयका प्रा.डा संगिता थपलिया लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बुधबार  २ : ४२ बजे