५ लाख बढीको अवैध सामान बरामद



सुनसरी : सुनसरीमा सशस्त्र प्रहरीले रु २५ लाख ४० हजार ९८३ बराबरका अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरी तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले यही कात्तिक १ देखि १० गतेसम्म नेपाल भारत सीमा क्षेत्रबाट भन्सार छली गरी भित्र्याइएका किराना सामान,लत्ताकपडा तथा सवारीसाधन बरामद गरेको हो ।

सशस्त्र प्रहरीले मङ्गलबार मात्रै बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजार क्षेत्रबाट रु १० लाख ५० हजार बराबरका लत्ताकपडा र दुईवटा मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख लवकुमार सापकोटाले जानकारी दिए । प्रमुख सापकोटाका अनुसार १० दिनको अवधिमा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका सामान बरामद गरिएको हो ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

प्रकाशित मिति : १२ कार्तिक २०८३, बुधबार  ९ : २५ बजे