डोल्पा । जिल्लाका कारागार डोल्पाबाट सुरूङ खनेर भागेका आठ जना कैदी बन्दीमध्ये दुईजना पक्राउ परेका छन् । दुईजनालाई प्रहरीले रूकुम पश्चिमबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१० ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका – ५ का २८ वर्षीय रेशम राना रहेका छन् । उनीहरू जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेकाहरू थिए। बाँकी ६ जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।





प्रतिक्रिया