काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर दुई लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटको छ । चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।





प्रतिक्रिया