काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनलाई कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । ३७ वर्षीय मध्यक्रमका बायाँहाते ब्याटर मिलरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन् ।
उनले भारतको इन्डियन प्रिमियर लिग (आइपीएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिगहरु खेलेका छन् । उनले आइपीएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपीएल जित्दा मुलर मुख्य खेलाडी थिए ।
कर्णाली याक्स स्पोट्स्का अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताएका छन् । मिलरले दक्षिण अफ्रिकाबाट एक सय ४० टी–२० आईमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा दुई सतक र ९ अर्धसतक प्रहार गरेका थिए । उनको आफ्नो करियरको दुई टी–२० शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए ।
मिलरले पाँच सय ८४ टी–२० आई खेल खेल्दा १२ हजार ४३५ रन बनाएका छन् । यसक्रममा चार शतक तथा ५३ अर्धशतक बनाएका छन् । मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी शतक प्रहार गरेका थिए । यस्तै, आइपीएलमा पञ्जावबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दा ३८ बलमै शतक प्रहार गरेका थिए ।
कात्तिक ९ बाट सुरु भएको एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । जसमध्ये दुई खेल जितेको थियो । टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडों गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो । अब, कर्णालीले शुक्रबार सुदूपश्चिम रोयल्सँग खेल्दैछ । सो खेलमा मिलर सहभागी हुनेछन् ।





प्रतिक्रिया