अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कमा



न्युयोर्क । आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्क आइपुगेका छन् । यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उनले वकिलहरूसँग परामर्श गरिरहेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लिल चलचित्रकी एक जना नायिकसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  २ : ५६ बजे