काठमाडौं– कागजात किर्ते गरी ललिता निवासको जग्गा हडपेको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले भाटभेटनीका सञ्चालक गुरुङसहित अन्य चार जनालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले योजनाकारमध्येका एक भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अरु चार कर्मचारीलाई पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान व्यूरो स्रोतका अनुसार गुरुङसहित, कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हुन् । उनीहरु सर्व पुव कर्मचारी हुन् । देउजा डिल्लीबजार मालपोत कार्यालयका प्रमुख थिए । स्रोतका अनुसार, त्यो घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि प्रहरीले खोजी भइरहेको छ ।
अख्तियारले भ्रष्टाचार बाहेक ठगी र सरकारी कागजात किर्ते गरेको अभियोगमा समेत अनुसन्धान गर्नुपर्ने भनी राय तयार गरेको थियो । त्यसैमा अनुसन्धान भइरहेको हो ।





प्रतिक्रिया