विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री

काठमाडौँ, १० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताउनुभएको छ । शिक्षा क्षेत्रमा लामो समय योगदान दिनुभएका विज्ञसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पार्नुभयो । “देश बनाउन सबभन्दा…