निजामती कर्मचारी सङ्गठनले ‘नमस्कार अभियान’ सञ्चालन गर्ने

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गराउँदै सेवाग्राहीसँग ‘नमस्कार अभियान’ सञ्चालन गर्ने भएको छ । सो सङ्गठनले हरेक सरकारी कार्यालयमा सेवाग्राहीलाई शिष्टाचारका रुपमा ‘नमस्कार अभियान’ र जनताको तीव्र विकासको चाहनाअनुरुप ‘शीघ्र सेवा–तीव्र विकास’ को नीतिलाई आफूहरु कार्यरत कार्यालयमा कार्यान्वयन गराउने भएको हो । यही जेठ २७ र २८ गते काठमाडौँमा…