प्रधानन्यायाधीशमा कार्की सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना,…