जनकपुरधामका प्रमुख साह महामूर्ख घोषित

धनुषा । महामूर्ख, २०७९ सालको उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ । जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामूर्ख सम्मेलनका क्रममा यस वर्षको महामूर्खको उपाधि प्रमुख साहलाई प्रदान गरिएको हो । नेपाली कांग्रेसमा आबद्ध उनी नगरप्रमुखको टिकट पार्टीको भागमा नपरेपछि स्वतन्त्रबाट निर्वाचित भएका थिए…