स्वदेशी तथा विदेशी चित्रकारको क्यानभासमा खोटाङ

खोटाङ । लातभियाकी चित्रकार आन्दा पैकानेले किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न आफ्ना बालबालिकासित आएकी एक महिलाको चित्र क्यानभासमा दुरुस्त उतारिन् । एकपटक हेरेकै भरमा उनले ती महिला चित्र क्यानभासमा उतारेकी थिइन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स्टुडियो काठमाडौँले दिक्तेलमा आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’…