बाख्रापालक कृषकलाई अनुदान वितरण

म्याग्दी । बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध कृषकलाई रु १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा व्यवसायी सङ्घमार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ ।…