२८ प्रतिशतले गर्छन् आफूखुसी एन्टिमाइक्रोवियल औषधिको प्रयोग

काठमाडौँ । नेपालमा जैविक प्रतिरोध (एन्टिमाइक्रोवियल) औषधि खानेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाहबिना नै एन्टिमाइक्रोवियल औषधि खानेको सङ्ख्या बढ्दै गएको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज सार्वजनिक गरेको ‘नेपालमा एन्टिमाइक्रोवियल औषधिको प्रयोगको अवस्था’बारे गरिएको अध्ययनअनुसार नेपालमा ७० प्रतिशत मानिसले कडा खालको एन्टिमाइक्रोवियल औषधि सेवन गर्ने गरेको पाइएको अध्ययनमा संलग्न तथा…