अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध

काठमाडौँ । औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्धता गराउन औषधि उत्पादक, आयातकर्ता र अस्पताललाई आग्रह गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बिरामीको उपचारका क्रममा जीवनरक्षक अत्यावश्यक औषधि बजारमा उपलब्ध गराउन अनुरोध गरेका छन् । “बिरामीको उपचारका क्रममा आवश्यक पर्ने कतिपय जीवनरक्षक अति आवश्यकीय औषधिहरु बजारमा उपलब्ध नभएको जनगुनासो पटकपटक विभागमा आउने गरेकोप्रति…