रसुवामा आयुर्वेद उपचार प्रभावकारी

रसुवा । आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी यसतर्फ आकर्षित भएका छन् । रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् । सरकारले २३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ भने अन्य औषधि पनि जिल्ला आयुर्वेदभित्रै…