पाकिस्तानमा झडप, छ सैनिक र तीन आतङ्ककारीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सशस्त्र झडपमा छ सैनिक र तीन आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले बिहीबार जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी वजिरिस्तानको दिर्दुनी क्षेत्रमा सुरक्षा बल र आतङ्ककारीबीच गोली हानाहान भएको हो । सेनाले तीन आतङ्ककारीलाई घटनास्थलमै मारेको…