विदेश जाँदा खुसीले जाने र फर्कदापनि खुशीले फर्कने वातावरण बनाउनुपर्छ : सांसद विश्वकर्मा

नेपालगञ्ज, १० माघ : रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उहाँ भन्नुहुन्छ, “व्यवस्थित बसोबास, भूमिहीन, दलित समुदायका जमिनका समस्या यहाँ धेरै छन् । सरकारले तोकेको राजस्वको दर बढी भएर उनीहरूले जमिनलाई निजी स्वामित्वमा ल्याउन सकेका छैनन् । बरु उनीहरूलाई…