कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साउन २८ गतेको बाढीले क्षतिग्रस्त बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिएका छन् । बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उनले सङ्घीय सरकार, स्थानीय तह र दातृ निकायसँग सहकार्य गरेर बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरिने बताए । “स्रोतसाधनले भ्याएसम्म…