श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार पुर्याउन माग गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान समयको मूल्यवृद्धि र महङ्गीलाई ध्यानमा राखी सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने बताए । “सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीलाई समेत मासिक…