जारी आईपीएलमा मुम्बईमा पहिलो जित



काठमाडौं, वैशाख १८ – मुम्बई इण्डियन्सले जारी आईपीएल क्रिकेटमा पहिलो जित हासिल गरेको छ । अन्तिम ओभरमा टिम डेभिडको तीव्र ब्याटिङको मद्दतमा राजस्थानलाई पाँच विकेटले हराएर मुम्बईले आईपीएल २०२२ मा खाता खोलेको हो । लगातार आठौं हारपछि मुम्बईको यो पहिलो जित हो ।

राजस्थानले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईको सुरुवात राम्रो थिएन । कप्तान रोहित शर्मा केबल २ रनमा आउट भएका थिए । पावरप्लेको अन्तिम ओभरमा मुम्बईका दोस्रा ओपनर इशान किसान पनि २६ रन मात्रै बनाएर आउट भएका थिए ।

त्यसपछि सूर्यकुमार यादव र तिलक बर्माले अर्धशतकीय पारी खेले । सूर्यकुमारले ५१ रन बनाए भने बर्मा ३५ रनमा आउट भए । कायरन पोलार्डले १० रन बनाए ।

९ बल सामना गरेका टिम डेभिडले दुई चौका र एक छक्काको मद्दतमा अविजित २० रन बनाए । डेनियल साम ६ रनमा अविजित रहे । अन्तिम ओभरमा टिम डेभिडको तीब्र ब्याटिङको मद्दतमा मुम्बईले ५ विकेटको क्षतिमा १६१ रन बनाएर जित हासिल गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले ६७ रन बनाए ।
देवदत्त पड्डिकलले १५ रन, कप्तान सन्जु सामसनले १६ रन र रविचन्द्र आश्विनले २१ रन बनाए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : २८ बजे