पार्टीका तर्फबाट मन्त्री भएका सवैलाई समाजवादीले फिर्ता बोलाउने




काठमाडौं, जेठ २२ – नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पार्टीको आइतवार बसेको सचिवालय बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नया पठाउने निर्णय गरेको हो ।

मन्त्री नियुक्त गर्दा नै उनीहरुलाई छ महिनाका लागि पठाइएको र त्यसपछि पुर्नविचार गरिने भनिएकोले फिर्ता बोलाउँदा सवैले मान्ने पार्टीका नेताहरुले बताएका छन् । समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री छन् । राज्यमन्त्री भूमिकामा रहेकी भवानी खापुङबाहेक सबैलाई फिर्ता बोलाउने निर्णय भएको पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ३ : ४२ बजे