अर्थमन्त्रीमाथि छानबिन गर्न गठित विशेष समिति, को-को ?



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय समिति गठन भएको छ ।

समितिलाई १० दिनको समय दिइएको छ ।

प्रमुख विपक्षी नेकपा एमालेको मागबमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठकमा समितिको घोषणा गरेका हुन् ।

समितिमा निम्न सदस्यहरु छन्:

एमालेबाट
प्रदीप ज्ञवाली
खगराज अधिकारी
भानुभक्त ढकाल
विमला विक

कांग्रेसबाट
पुष्पा भुसाल
सीताराम महतो

माओवादी केन्द्रबाट
देव गुरुङ
शक्ति बस्नेत

नेकपा एसबाट
सरला यादव

जसपाबाट
सुरेन्द्र यादव

लोसपाबाट
लक्ष्मणलाल कर्ण

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : २५ बजे