त्रिदेशीय एकदिवसीय क्रिकेट– नेपालका तीन खेलाडी परिवर्तन



रासस, साउन १ – आइसिसी विश्वकप लिग क्रिकेट दुई अन्तर्गत त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको छ ।

स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । त्रिदेशीय सिरिजअन्र्गत स्कटल्याण्डसँग नेपाल दोस्रो पटक भिड्न लागेको हो । यसअघि भएको स्कटल्याण्डविरुद्धको पहिलो खेलमा नेपालले जित हासिल गरेको थियो ।

नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको थियो । स्कटल्याण्डविरुद्ध आजको खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेको छ । पवन सर्राफ, आदिल अन्सारी र बसिर अहमदलाई परिवर्तन गरेको हो । पवनको स्थानमा करण केसी, आदिलको स्थानमा विनोद भण्डारी र बसिरको ठाउँमा किशोर महतोले मौका पाएका छन् । किशोरले भने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्न लागेका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : ०२ बजे