परराष्ट्रमन्त्री खड्का भन्छन् – एसपीपी अस्वीकारको पत्र पठाइसक्यौं, अमेरिकी अधिकारी भन्छन्– प्राप्त भयो



काठमाडौँ — अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको जनाएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले नेपालले अस्वीकार गरेको पत्र प्राप्त भएको बताएका हुन् । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमै रहँदा पत्र पठाएको सुचना सरकारले दिएको ह
त्यसअघि शुक्रबार प्रतिनिधिसभामा बोल्दै परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरेको जानकारी दिएका थिए ।

मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेपनि परराष्ट्र मन्त्रालयले एकमहिना बढी भइसक्दा पनि पत्र नपठाएपछि आलोचना हुँदै आएको थियो । सत्तारुढकै सांसदहरुले समेत मन्त्रिपरिषद्को निर्णय रोक्ने मन्त्रालयको हैसियतमाथि प्रश्न उठाएका थिए ।

‘हामीले एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश प्राप्त गरेका छौं । हामी एसपीपीमा नेपालको निर्णयलाई बुझ्छौं र पूर्णरूपमा स्वीकार गछौं’ उनले बताए । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकालाई पत्राचार गरिसकेको बताएकी छिन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : ३९ बजे