‘चक्रव्यूहमा नेपालको जलस्रोत’

ओली भन्छन् –चीनसँग पारवहन सम्झौता गर्दा पहिला, लिम्पियाधुरासम्मको नक्सा छाप्दा पछि हटाए



नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेटेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको दाबी गरेका छन् । आफू देशभक्तिको पक्षमा उभिएकै कारण देशीविदेशी शक्ति आफूविरुद्ध लागेको समेत उनले बताएका छन् ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ सार्वजनिक गर्दै ओलीले आजको युगमा देश जोगाउन लड्न नपर्ने भन्दै देशभक्तिको पक्षमा अडिए पुग्ने बताए ।

‘हाम्रो गुमेको भू(भाग समेटेर नक्सा जारी गर्दै गर्दा मलाई प्रधानमन्त्रीबाट हट्नुपर्छ, अब उपद्रो हुन्छ भन्ने थाहा थियो । नभन्दै हट्नुर्पयो । त्यसमा मलाई पीर छैन तर देश जता लगिँदैछ त्यस कुरामा चाहिँ पीर छ । आजको दिनमा देशभक्त हुन लडाइँ लड्नु पर्दैन, देशको पक्षमा अड्नुपर्छ । अडिए पुग्छ, म अडिएको हुँ । अडिँदा प्रधानमन्त्रीबाट हटाउँछन् भन्ने थाहा थियो’ ओलीले भने ।

ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि आफूलाई हटाइएको भन्दै दोस्रोपटक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि हट्नुपरेकोमा कत्ति पनि हिनताबोध नरहेको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : ४९ बजे