मंसिर ४ मा प्रतिनिधि सभा निर्वाचन हुने, विहीवार घोषणा




काठमाडौं – सत्तारुढ गठबन्धनका प्रमुख नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् ।

सहमति अनुसार, बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक सम्भावना छ । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएपनि प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् ।


सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । ‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्न सक्छ’ एक नेताले भने ।
चुनाव घोषणापछि पनि संसद कायमै रहनुपर्छ भन्नेमा सत्ता गठबन्धन र विपक्षी एमालेका नेता पनि सहमत छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : २६ बजे