सत्तारुढ पाँच दलबीच निर्वाचनमा तालमेलको सहमति



काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको छ ।

तालमेलसम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्यदल गठनमा सहमति गरे पनि त्यसका रहने व्यक्तिहरू आपसी छलफलपछि टुंगो लगाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : १९ बजे