सत्तारुढ कार्यदलको बैठक

कांग्रेसको १००, माओवादीको ६० सिटमा दाबी




काठमाडौं – सत्तारुढ गठवन्धनमा रहेका दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका छन् ।
कार्यदलको बिहीबार बसेको बैठकमा पाँच दलले राखेको दाबी अनुसार, कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ ।
त्यस्तै, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ । एक सदस्यका अनुसार, दाबी गर्नु स्वभाविक भएपनि सिट बाँडफाँड चूनौतीपूर्ण छ ।
‘कुन दलको कस्तो स्थिति कस्तो छ भन्ने छलफल गरेर एउटा टुंगोमा पुग्छौ’ उनले दृष्टान्तसँग भने ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ९ : ४१ बजे