आयोग निर्वाचन नतिजाको अन्तिम घोषणा गर्दै



काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा आज घोषणा गर्दैछ । मध्यान्ह साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।


प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा यसअघि पनि आइसकेको छ । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन् । राजनीतिक दलले समानुपातिकको अन्तिम सूची पनि आयोगमा बुझाइसकेका छन् ।

आयोगले औपचारिक रुपमा राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने पनि तयारी गरेको छ । राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको आव्हान हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : ११ बजे