वालुवाटार पुगेर प्रचण्डले देउवासँग भने – मलाई प्रधानमन्त्रीमा समर्थन गर्नुहोस्



काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पहिलो चरणमा आफुलाई प्रधानमन्त्रीमा बनाउन प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दावी रहेको र त्यसका लागि सहयोग र समर्थन गर्न देउवालाई आग्रह गरेको प्रचण्डको सचिवालय श्रोतले जनाएको छ । साताअघि पोखरा पुगेका प्रचण्डले आफू चाडै महत्वपूर्ण पदमा पुग्न लागेको बताएका थिए ।

आफूले देउवालाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै अव भने त्यही सहयोगको अपेक्षा राखेको बताएका थिए । पहिलो चरणमा आफूलाई गर्न र दोश्रो चरणमा आफूले समर्थन गर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्री देउवाले भने त्यसमा प्रष्ट जवाफ नदिई पार्टी र गठबन्धन छलफल गरेर अघि बढ्ने बताएका थिए ।

माओवादीभित्र पहिलो चरणमै प्रधानमन्त्री पाए सरकारमा जाने तर नपाए बाहिर बसेर पार्टी संगठन निर्माणमा लाग्नुपर्ने दवाव पनि बढ्दै गएको छ । पार्टीभित्र कांग्रेसको नेतृत्वमा सरकार जाने वा वामपन्थी शक्तिबीच सहकार्य गरेर अघि बढ्नेवारे पनि वहस छ ।
गठबन्धनबाट सरकार बन्दा कांग्रेस भित्रबाट देउवालाई नेतृत्व नछाड्न दबाब बढाइरहेका छन् । तर, प्रचण्डले आफूसँग ६० सांसदका कमान्ड रहेको दाबी गर्दै आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ११ बजे