महासचिव पोखरेल भन्छन् : एमाले प्रतिपक्षमा बस्छ



काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई सरकार गठनको जनादेश नआएकाले प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् ।

नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा आइतवार यहाँ आयोजित कार्यक्रममा जनताले एमालेलाई प्रतिपक्षमा बसेर जनताका मुद्दा उठाउने मत दिएको बताएका हुन् । “एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, पोखरेलले भने, “अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ ।’ कुनैपनि दललाई बहुमत प्राप्त नभएपनि पाँच दलीय गठबन्धन सरकार गठनको तयारीमा भएको र त्यसका लागि प्रयास गरिरहेको उनले बताए ।

प्रत्यक्ष निर्वाचनतर्फ दलित समुदायलाई उम्मेदवार बनाएर विजयी बनाउने पार्टीका रुपमा नेकपा एमाले पहिलो पार्टी बनेको उनले बताए । कार्यक्रममा मङ्सिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका उत्पीडित समुदायका १७ सांसदलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ४ : ३५ बजे