राष्ट्रपतिद्वारा सातदिन भित्र सरकार गठन गर्न आह्वान



काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।
उनले संविधानको धारा ७६ उपधारा २ अनुसार सरकार गठन गर्न सात दिनको समय दिएकी हुन् ।
संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ४२ बजे