संसदीय दलको नेतामा चुनाव हुँदै, भविश्य हेरेर आफूलाई मत दिन गगनको अपिल



काठमाडौं– नेपाली कांग्रेसका सांसदहरुको आज विवेकको परिक्षण हुँदैछ । संसदीय दलको नेता चयनका लागि आज बुधबार मतदान हुँदैछ ।

बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका रहेपनि मतदानमा ढिलो भइरहेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ ।

संसदीय दलको नेताका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा भइरहेको छ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।
महामन्त्री थापाले कांग्रेसको भविश्य हेरेर आफूलाई मतदान गर्न सांसदलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : ०४ बजे