ट्वीटरको प्रमुख कार्यकारीबाट राजिनामा दिने मस्कको घोषणा



इलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिने घोषणा गरेका छन् ।

बुधबार बिहान ट्वीट गर्दै उनले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताएका छन् ।

मस्कले भविष्यमा आफू ट्वीटरको कार्यकारी प्रमुख रहने वा नरहने विषयमा मत दिन आग्रह गर्दै उक्त मतको सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए । ‘म ट्वीटरको प्रमुख पदबाट हट्नुपर्छ ?’ उनले प्रयोगकर्तालाई ‘हो वा होइन’ मा क्लिक गर्न आग्रह गरेका थिए । आफूले ट्वीटरको सीईओको जिम्मेवारी लिएको केही सातापछि ट्वीटरले प्रयोगकर्ताको मतअनुसार अघि बढ्ने बताएका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : ३५ बजे