सरकारमा सहभागि हुने वा नहुने बारे राप्रपा बैठकमा



काठमाडौं – सरकारमा सहभागि हुने वा नहुने निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बैठक बसिरहेको छ ।

बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् । केही घण्टाअघि राप्रपा अध्यक्ष लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले बालकोटमा नयाँ सरकार गठनका विषयमा छलफल गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ४६ बजे