समाजवादीको बैठकमा नेपालले भने : अव हामी प्रतिपक्षमा




काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको चुनावी गठवन्धनको सरकार नबन्ने बताएका छन् ।

पार्टीको सचिवालय बैठक उनले नेताहरुलाई यस्तो ब्रिफिङ गरेका हुन् । कांग्रेससँग कुरा नमिलेपछि गठबन्धन छोडेर एमालेसँग सम्वाद गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालकोट गएपछि समाजवादीले सचिवालय बैठक बोलाएको हो । अध्यक्ष नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको ब्रिफिङ गरेको एक नेताले बताएका छन् । उनले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने समेत बताएका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धनमा सत्ता भागबण्डामा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलमा छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : १७ बजे