एमालेसहितका दलबीच सहमति, प्रचण्ड पहिलो आधा कार्यकालका लागि प्रधानमन्त्री



काठमाडौं– एमाले लगायतका छ दलले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । सहमतिलाई सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई प्रधानमन्त्रीको रुपमा अघि बढाएको हो । प्रधानमन्त्रीको कार्यकाल आधा आधा हुनेछ । साढे दुई वर्षपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नुहुनेछ ।
माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति बैठकमा भएको छ ।

दाहाललाई समर्थन गर्नेमा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दल रहनेछन् । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ ।
जनमत पार्टीका ६ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागि हुनेछ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : ५३ बजे